काठमाडौं । चलचित्र ‘बाकस’ निर्माणको घोषणा गरिएको छ । बिहीबार गुरु पूर्णिमाको अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो ।
पिके इन्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा निर्माण हुनेछ यो चलचित्रलाई नवीन पन्तले निर्देशन गर्ने भएका छन् ।
चलचित्रको कथा पनि पन्त आफैले लेखेका हुन् । हाल स्क्रिप्टको काम भइरहेको चलचित्रको छायांकन तिहारपछि सुरु हुनेछ ।
चलचित्रको छायांकन नेपाल र विदेशमा गरिने बताइएको छ । यसले नेपाली परिवेशको कथालाई उठान गर्ने निर्देशक पन्तको भनाई छ ।
चलचित्रको प्राविधिक र कलाकारहरूको बारेमा चाँडै नै जानकारी गराउने बताइएको छ । शंकर अधिकारी घायल र नारायण बस्नेतको गीत रहने चलचित्रलाई आउँदो वर्ष रिलिज गर्ने योजना निर्माणपक्षको छ ।