काठमाडौं – निर्माता रोहित अधिकारीले निर्माण गर्न लागेको चलचित्र ‘भाइटीका’ औपचारिक घोषणा नगरे पनि कलाकार चयनको काम तीव्र रूपमा अगाडि बढिरहेको छ।
‘भाइटीका’मा अभिनेता विपिन कार्की अनुबन्ध भइसकेका छन् । यो चलचित्रमा रेखा थापा अनुबन्धित भएकी छन् । उनी यो चलचित्रको शीर्ष भूमिकामध्ये एकमा अनुबन्ध भएकी हुन् ।
विश्वसनीय स्रोतका अनुसार, फिल्ममा रेखा थापा र विपिन कार्कीले दाजु-बहिनीको भूमिका निर्वाह गर्नेछन्। कथावस्तु २० वर्षदेखि भाइटीका गर्न नपाएका दाजु–बहिनीको भावनात्मक सम्बन्धमा आधारित हुने बताइएको छ।
रेखा थापासँग निर्माणपक्षले कागजी सहमति गरिसकेको छ भने विपिन कार्की पहिल्यै अनुबन्धित भइसकेका छन्। यद्यपि, निर्माण टिमले कलाकारहरूको बारेमा औपचारिक जानकारी भने दिएको छैन।
यसैबीच, अभिनेता धिरज मगर पनि ‘भाइटीका’ मा अनुबन्धित भएका छन् । उनको भूमिका अझै खुलाइएको छैन। ‘भाइटीका’ का लागि एक नायक र एक नायिका अझै फाइनल हुन बाँकी रहेको जानकारी प्राप्त भएको छ।
‘भाइटीका’लाई निर्देशक दीपक वलीले निर्देशन गर्नेछन् भने स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । निर्माण टिमले फिल्मलाई यो वर्षभित्र छायांकन गरिसक्ने र आगामी तिहारमा रिलिज गर्ने तयारी गरिरहेको छ ।
यसैबीच, निर्माता अधिकारी अर्को फिल्म ‘माइतीघर’को डबिङमा व्यस्त छन् । उक्त फिल्मलाई दशैंको फूलपातीमा रिलिज गर्ने घोषणा भइसकेको छ।