काठमाडौं । चलचित्र निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने लभ स्टोरी जनराको चलचित्र ‘सुम्निमा’मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन् ।
अभिनेता कुन्साङ बमजनले मिलन चाम्सको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागि अवसर भएको बताएका छन् ।
यो चलचित्रलाई आफ्नो डेब्यु चलचित्रको रुपमा आफूले लिएको बताए ।
गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको नाम सुन्दा नारीको कथा लाग्ने भए पनि चलचित्र प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए ।
चलचित्रको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भई सकेकी छन् । चलचित्रको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए ।
निर्देशक चाम्सका अनुसार, युनिसर्भल कथा र अन्तर्राष्ट्रिय बजारलाई ध्यान राख्दै यो चलचित्र तयार पारिनेछ ।
राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लन्डन र नेपालमा छायांकन हुनेछ ।