‘पूजा, सर’ले फ्रान्समा रच्यो इतिहास

काठमाडौं । गत वर्षको चैत १ गते रिलिज निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ फ्रान्सका ६२ वटा हलमा एकसाथ प्रदर्शन हुने भएको छ । बिहीबार निर्माण टिमले केही पोस्टर सार्वजनिक गर्दै यो जानकारी दिएको हो ।

फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनकी मिसेल हेलबस्र्टडले फिल्मको कथा आकर्षक र अप्रत्याशित रहेको बताएकी छन् । ‘पूजा, सर’ एउटा यस्तो सिनेमा हो जसले हामीलाई यसको रहस्य, संस्कृति र दृश्यहरूमा सिधै लैजान्छ । यस अर्थमा यो सिनेमाको कथावस्तु अप्रत्याशित र आकर्षक छ । हामी फ्रान्सका दर्शकहरूलाई यो सिनेमा देखाउन गर्न पाउँदा खुसी छौं,’ फ्रान्सेली वितरक मिसेलले भनेकी छन् ।

निर्देशक रौनियार नेपाली फिल्मलाई विश्वप्रसिद्ध सिनेमा महोत्सवमा पुर्याउने पहिलो निर्देशक समेत हुन । उनले निर्देशक गरेको फिल्म ‘हाइवे’ पहिलो पटक बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा २०१२ मा प्रदर्शन गरिएको थियो ।

फिल्म ‘राजागंज’मा आशा मगराती, पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ ।


ताजा खबर