‘मितज्यू’मा सौगातको प्रवेश

काठमाडौं । अभिनेता सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘मितज्यू’मा अनुबन्धित भएका छन् । निर्माण टिमले बिहीबार उनलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत बनाएको घोषणा गरेको छ ।

यो चलचित्रमा दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन् ।

चलचित्रको कथा महेश राईले लेखेका छन् । निर्माणमा सुपरहिट फिल्म ‘घरज्वाइँ’का निर्माता जनक घर्ती मगर छन् । निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरको यो दोस्रो सहकार्य हो ।

सिनेमाटोग्राफी शिशिर बिशङ्खेले सम्हाल्नेछन् । जिएम मुभिज प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्म मंसिर दोस्रो हप्तादेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा छायांकन सुरु गर्ने तयारीमा छ ।

निर्माण पक्षका अनुसार चलचित्र यसै वर्षको चैत २७ गते प्रदर्शनमा ल्याउने लक्ष्य छ।


ताजा खबर