काठमाडौं । फिल्म ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध भएकी छन् । उनलाई निर्देशक तथा निर्मात्रीसमेत रहेकी अभिनेत्री नीता ढुङ्गाना अधिकारीले फिल्मका लागि अनुबन्ध गरेकी हुन् । आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो ।
यसअघि यो फिल्मका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका थिए । उनीहरु बाहेक यो फिल्मको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन । नीताले मुख्य कलाकारको बारेमा केहि सातापछि जानकारी दिने बताइन् ।
नीता ढुंगानाको डेब्यु निर्देशन रहने फिल्ममा फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ । ‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ ।
यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ ।