‘माइतीघर’को ट्रेलरमा त्रिकोणात्मक प्रेम र सांस्कृतिक द्वन्द्व

काठमाडौं । चलचित्र ‘माइतीघर’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आज एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा आकर्षण, प्रेम, परम्परावादी समाज, अवरोध र विद्रोह छ । प्रेम पाउन गरेको संघर्ष र विद्रोहका कथा छ । पैसाको प्रभाव र त्यसको वरपर घुम्ने समाज र समाजको मूल्यमान्यताले प्रेममा गर्ने अवरोध ट्रेलरमा देखाउने प्रयास गरिएको छ ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरी, केदार घिमिरे, प्रकाश सपूतलगायत कलाकार छन् ।

मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको चलचित्र दशैंको फूलपातिबाट रिलिज हुँदै छ ।

सुशन प्रजापतिको छायांकन रहेको चलचित्रमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायत कलाकारहरुको अभिनय छ ।


ताजा खबर